झापामा लुटिएका हतियार फेला

न्युजलय २१ कार्तिक २०८२, बिहिबार ०१:५७ मा प्रकाशित

झापा । झापामा जेनजी आन्दोलनको क्रममा लुटिएको हतियार र गोली फेला परेको छ ।

बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको  झाडीमा बेवारिसे अवस्थामा बुधबार दिउँसो ०३११००८७२ नम्बरको एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत  र २ राउन्ड बेसाबुत गोली  फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेला परेको हतियार भदौ २४ गते  जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।  जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार भेटिन अझै बाँकी रहेको प्रहरीको भनाई छ ।