६० अंकले बढ्यो शेयर बजार

न्युजलय ३ कार्तिक २०७८, बुधबार ०३:४८ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) नेप्सेमा उत्साह देखिएको छ । लगातार घटेको नेप्से  आज  ६०.५६ अंकले वृद्धि देखिएको हो ।

आज बजार २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो ।

आज वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो । 

बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा भने नविल बैंक रह्यो । यो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।