आज ९ मंसिर २०८१ आइतवार को राशिफल

न्युजलय ९ मङ्सिर २०८१, आइतबार ०६:०७ मा प्रकाशित

मेष । आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष ।व्यापारमा हानि हुने सम्भावना  छ। आमाको स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। मार्केटिङ क्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा हजुरको ज्ञान र अनुभवको प्रशंसा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राख्नुहोस्। आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । आजको दिन ऊर्जावान महसुस हुनेछ। आर्थिक कारोबार मजबुत रहनेछ। व्यापार व्यवसायमा नयाँ काम हात लागि पर्नेछ। कार्यक्षेत्रमा हजुरको सल्लाहको मान दिइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।


सिंह । पद प्रतिष्ठामा वृद्धि हुनेछ। ससुराली पक्षबाट लाभ र सहयोग मिल्नेछ। नयाँ व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। धर्मकर्म दान पुण्यमा पनि मन लाग्नेछ। प्रेम सम्बन्धमा पायक पर्ने ठाउँमा यात्रा हुन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कन्या । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ साथै उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। आफन्तहरुसँग धनको लेनदेनमा सावधानी राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग निलो भने शुभ अंक ६ रहेको छ।

तुला । कार्यक्षेत्रमा मित्रहरूको सहयोगबाट अग्रिम कार्यसम्पादन हुनेछ। शेयर मार्केटमा पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक । आज बोली र व्यवहारमा धैर्य राख्नुपर्ने हुन्छ  िकार्यक्षेत्रमा महत्त्वपूर्ण अवसरहरू हजुरको पक्षमा आउनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु । समाजमा विशिष्ट मान्छेको सहयोगले अप्रत्याशित लाभ हुनेछ। मनमा उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूद्वारा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग पहेलो ह‍ो भने शुभ अंक ९ रहेको छ।

मकर । कार्यक्षेत्रमा लिएको जिम्मेवारीलाई ईमान्दारी पूर्वक निभाउनुहोस्। अरुको भरोसामा कार्यलाई अपूर्ण नछोड्नुहोस्। व्यापार व्यवसायमा नयाँ स्रोतहरू कुम्भ । कानुनी मुद्दा मामिलामा आज शुभ समाचार मिल्नेछ। नोकरी पेशामा प्रभाव बढ्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। अध्ययन तथा लेखनमा समय बित्नेछ। जीवनसाथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन । छरछिमेकीसँग वादविवादमा नअल्झिनुहोस्। प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरुको साथ मिल्नेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ। 

स्रोत : हाम्रो पात्रो डटकम