इटहरी । घरेलु विवादका क्रममा इटहरी –१२ मा एक महिलाको हत्या भएको छ।
खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गम्भीर घाइते भट्टराईको उपचारको क्रममा राति मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।
घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थल प्रहरी चौकी खनारबाट करिब एक सय मिटर दक्षिणतर्फ पर्छ।