इटहरी । इटहरीस्थित विश्व आदर्श कलेजका दुई विद्यार्थीले बिसिएका दुई सेमेस्टरमा उत्कृष्ठ नतिजा ल्याएका छन् ।
त्रिभुवन विश्वविद्यालय द्वारा हालसालै प्रकाशित बिसिए आठौ सेमेस्टरको नतिजामा विश्व आदर्श कलेजकी इश्वरी राउतले छात्रातर्फ नेपाल प्रथम र सबै परिक्षार्थीमध्ये कोशी प्रदेश प्रथम नतिजा ल्याएकी छिन् । उनले ३.९४ जिपिए ल्याएकी हुन् ।
यस्तै छैठौ सेमेस्टरको नतिजामा प्रसुन गौतम नेपाल दोस्रो र कोशी प्रदेश प्रथम भएका छन् । उनले ३.८४ जिपिए ल्याएका हुन् ।
विश्वआदर्श कलेजले विभिन्न संकायका परिक्षाहरु निरन्तर रुपमा उत्कृष्ठ नतिजा ल्याइरहेको छ । तीन हजार दुई सय बढी विद्यार्थी पढ्ने विश्वआदर्श एकेडेमीमा अहिले त्रिविवि का बीबीएस, बीसीए र एमबीएसका कक्षाहरु सञ्चालन गरिरहेको छ । स्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विश्वआदर्श कलेजले आफ्नो पहिचान स्थापित गरेको छ ।