इटहरी । इटहरी नगर प्याब्सन स्पोर्ट्स मिट २०८२ अन्तर्गत सिनियरतर्फको फुटबल प्रतियोगितामा शान्तिनगर इङलिस स्कुल, शान्तिनगर प्रथम भएको छ ।
फाइनल खेलमा खनार सनसाइनलाई पेनाल्टी सुटआउटमा पराजित गरी उसले उपाधि जितेको हो । प्रतियोगितामा ३८ वटा विद्यालय तथा टिमको सहभागिता थियो ।
शान्तिनगर इङ्लिस स्कुलका प्रवेश भट्टराई ‘बेस्ट गोलकिपर’, रोज श्रेष्ठ ‘बेस्ट प्लेयर’ तथा सुबहाङ्ग राई ‘हाइएस्ट स्कोरर’ घोषित भएका छन् ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताले विद्यार्थी खेलाडीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरेको आयोजकले जनाएको छ ।