ब्रिटेनमा त्यहाँका धार्मिक गुरुहरुलाइ लर्ड भनिन्थ्यो । १४औं शताब्दी तिर ति लर्डहरुले त्यहाँका जनताहरुलाइ धार्मिक ट्याक्स यति धेरै लगाए कि उनिहरु दिनभर काम गर्दा पनि एकछाक खाना राम्ररी खान सक्दैनथे । उनिहरुको जीवन कहालीलाग्दो थियो । खान नपाएर शरीर दाउरा जस्तै भएको थियो । छोराछोरीहरुमा कुपोषण थियो । राजा रजौटा, भारदार, सैनिक, धर्मभिरु आदिहरुको अत्यन्तै क्रुर अत्याचारबाट बच्न, आफुहरु क्याथोलिक धर्म मान्ने भएपनि उनिहरु धार्मिक स्वतन्त्रताकोलागि आफ्नो थाँतथलो छोडी भाग्न थाले । उनिहरु यति टाढा भाग्न चाहान्थे कि ति धर्मभिरुहरुले ज्यादती नगरुन् ।
धार्मिक स्वतन्त्रताको लागि गाउँ गाउँबाट भागी उनिहरु नाउ खियाउँदै ४० देखि ४५ दिन लगाएर अमेरिकाको जेम्स टाउन पुगे । त्यहीँ जंगल फडानी गरि आफुले जे जति जानेको छ त्यसरी नै एक कठोर जिवन बिताउन थाले । ति ब्रिटिसहरु खेती तथा पशुपालन गर्न राम्ररी जान्दैनथे । उनिहरुले जानेको भनेको सुँगुर, गार्इ, गोरु पाल्नु, त्यही खानु मात्र थियो । यति सम्मकि सुँगुरको पाठो अनि गाइको बाछोसमेत खान्थे ।
यो सब त्यहाँका आपाचे (रेड इण्डियन) हरुले लुकिलुकि नियालिरहका थिए । उनिहरु दयालु स्वभाबका भएकाले ति भागेर आएका ब्रिटिशहरुप्रति दया पलाउनु स्वभाविक नै थियो । त्यसपछि ति अपाचेहरुले पशुपालन खेतिपाती आदि गर्न सिकाए । दुःखि ब्रिटिसहरुको बानी बेहोरा यस्तो थियो कि अन्नबालीको लागि राखेको बिउसमेत खान्थे । संचय भनेको के हो थाहै थिएन । त्यहाँका आपाचेहरुले बिउ राख्न सिकाए, पशु खाएपनि तिनका बच्चाहरु पाल्न सिकाए । ब्रिटिशहरु त्यहाँका अपाचेहरुसंग राम्ररी घुले, मित्रता बढ्यो । समय बित्दै गयो ।
उता ब्रिटेनका गाउँ बस्तिहरु खाली हुँदै गयो । शासकहरुमा चिन्ता बढ्यो । धार्मीक ट्याक्समा अत्यन्तै गिरावट आयो । शोषकहरु आफैले काम गर्नुपर्ने स्थिति आयो । सोच्न थाले, ति हाम्रा हरुवा चरुवाहरु कहाँ भागे ? कहाँ गए भनेर । पछि थाहा पाए कि उनिहरु अमेरिकाको जेम्स टाउनमा छन् भन्ने । ब्रिटेनले आफ्ना गभर्नरहरु, धर्मभिरु लर्डहरु पठायो । उनिहरुले शरणार्थी ब्रिटिसहरुलार्इ असर्फी दिने, आफ्ना बाउ बाजेका जग्गा जमिन फिर्ता गरी घर बनाइदिने आदि प्रलोभन दिलाइ त्यहाँका आपाचेहरुविरुद्ध लड्न हतियार दिए । तर उनीहरुले जित्न सकेनन् ।
आपाचेहरु छापामार युद्धमा निपुण भएको हुदाँ त्यहा लडाइ गर्न आएका ब्रिटिसहरुलाइ पाता कसी पिट्दै पुनः उनिहरुकै ठाउँमा पुर्याइदिए । उनिहरु जहाँ बसेका थिए, त्यो परिधिबाट एक कदम अगाडि बढे मारिदिने धम्कि दिए । बरु खान अभाव भएमा खानेकुरा दिने, तर आफ्नो क्षेत्रमा छिर्न नदिने भन्दै अलिकति धम्की अनि अलिकति मानवीय सम्बेदना देखाए ।
तर जब जाडो महिना सुरु हुन्थ्यो, ति ब्रिटिसहरु आफुसँग भएका अन्न, पशुहरु खाइ हाल्थे । जसको कारण उनीहरु बिरामी भए । भोकै भएर मर्न आँटेपछि फेरी आपाचेले मानवीय सम्बेदना देखाइ अन्न, पशुहरु दिएर सहयोग गरे । दिन बित्तै गयो आपाचे र ब्रिटिसका छोराछोरी तन्नेरी हुँदै गए । एक आपसमा प्रेम झांगिदै गयो । अनि ती अपाचेले राखेको सीमारेखाले दुइ समुह बीचको युगलजोडीलाइ छेक्न सकेन ।
अपाचे समुहले युगलजोडीको घुमफिरलाइ सामान्य रुपले हेर्न थाल्यो । ति ब्रिटिस युवाहरुले बाउ बाजेको आपाचेसंगको दुस्मनीको पर्खाल बिर्सिसकेका थिए । तर त्यहाँका धर्मभिरु लर्डहरु, गभर्नरहरुले ब्रिटिस युवाहरुलाइ फेरी बिभिन्न आश्वासन देखाइ प्रलोभनमा पारे । आफ्ना आपाचे प्रेमी प्रेमिकाहरुलाइ विष सेवन गराइ मार्न थाले । यो क्रमले यस्तो रुप लियो कि ति अपाचेहरुका छोराछोरी मात्र मरेनन्, उनिहरुका आमाबुवा, बाजे, बजुहरुलाई पनि मारियो ।
गाउँ पुरै आतंकित भयो । यसले गर्दा दुइ समुहबीच दुस्मनी बढ्यो, तर लाचार अपाचेहरु निरिह झै बने । अपाचेहरुका छोरी चेलीलाइ बलात्कार गरि गाउँको बिचमा हत्या गरी झुण्डाउने आदि कार्यले आपाचेहरुले विवश भएर ब्रिटिसहरुसँग आत्म समर्पण गरे । ब्रिटिसले यहि मौका छोपी तमाम अपाचेहरुको निर्मम हत्या गर्यो ।
अत्यन्तै सिमित अपाचेहरु बाँचेका थिए उनिहरु भाग्दै अमेरिकाको मिड वेस्टमा रहेका ठुला ठुला पाहाडहरु, जुन मरुभुमी तुल्य थिए, त्यहाँ पुगे । तर ब्रिटिसको अत्याचार रोकिएन । त्यहाँ पनि लखेटी लखेटी उनीहरुको नरसंहार गरियो । यतिसम्मकि कुनैपनि ब्रिटिसको कोखमा अपाचेको भ्रुण छ भने त्यसलाइ पनि मारे । ताकि कुनैपनि आपाचेहरु ब्रिटिससँग बदलाको भावना नराखोस् । यो कार्य लामो सम्म रह्यो । यसरी अपाचे बंशको अन्त्य भयो ।
ब्रिटिस लर्ड लरेन्स वासिंटनले ती आपाचेहरुको न्यायको लागि लडेको पनि देखिन्छ । उस्को नाती लर्ड जर्ज वासिंटन पनि ति आपाचे नरहेपनि उनिहरुको न्यायको लागि एउटा फ्रिडम फाइटरको रुपमा उभिए । उनले त्यहाँ रहेका १२ राज्यहरुको एकिकरण गरे । जसलाई संयुक्त राज्य अमेरिकाको नामले हामी चिन्दछौ । लर्ड जर्ज वासिंटनलाइ अमेरिकनले अत्यन्तै श्रद्धा गर्ने गर्छन् । उनले अमेरिकन संबिधान पनि त्यही आपाचेको सामाजिक स्ट्रक्चर जहाँ उनिहरुको राज्यमा मुखियाहरु बिचमा भएको प्रश्नोतर उनिहरुको राज्यप्रतिको उत्तरदायित्व आदि सहि पहिचान गरि छान्ने प्रणाली र त्यही प्रत्येक मुखियाहरुबाट प्रमुख मुखिया प्रश्नोतरबाटै चयन गर्ने प्रणालीलाइ आत्मसात गरे । अहिले अमेरिकन राष्ट्रपति चयनमा पनि त्यही पद्धती नै अबलम्बन गरिन्छ । राष्ट्रपति हुने क्याण्डिडेटलाई प्रत्येक स्टेटबाट छानी प्रश्नोतर गर्न लगाइन्छ । उनिहरुको मिसन भिजनलाई मूल्यांकन गरिन्छ । त्यसलाई मिडियाबाट सार्वजनिक रुपमा देखाइन्छ । मिडियामा पनि उम्मेदवारहरुको विदेश नीति, इकोनोमिक ग्रोथ, विकासका मोडलहरुमा बहस अनि प्रश्नोत्तर गरिन्छ र उनीहरुले दिएको उत्तरलार्इ जनतामाझ मुल्यांकन गर्न लगाइन्छ र राष्ट्रपति छानिन्छ ।
अमेरिकाको संविधानअनुसार नागरिकता लिने बेला आफ्नो नाम, थर फेर्न पाइन्छ । अमेरिकामा आपाचेहरुलाइ जनजातिको रुपमा राखिएको छ र उनिहरुलाइ सेवा सुविधा पनि विशेष रुपमा दिने गरिन्छ । यसरी अमेरिकामा हामीले देख्ने जतिपनि आपाचेहरु छन्, सेवा सुविधाको लोभमा आपाचे नभएका हुन् भनेर भन्न सकिन्न।
आपाचेहरुलाइ नरसंहार गरेपनि, ब्रिटिसहरुले गोहीको आँशु देखाउनकै लागि आजको धन्यवाद दिने दिन मनाउन थालेका हुन् । ब्रिटिसहरु अत्यन्तै कठिन घडीमा हुँदा, अपाचेहरुले आफुलाइ टर्की (तित्रां) अन्न आदि दिएर मानविय सम्बेदना देखाएको भन्दै त्यसैको सम्झनामा र आपाचेहरुको वंश नास भएको घोषित दिन, नोभेम्बर महिनाको अन्तिम बिहिबार, अमेरिकनहरुले थ्यांक्स् गिभिङ डे अर्थात आपाचेहरुलाइ ‘धन्यबाद दिने दिन’ या टर्की डे भनेर मनाउने गर्छन् । यो वर्ष हिजो विहिबारदेखि यो दिवस मनाइराखिएको छ ।
सरकारले पनि शुक्रबार थप बिदा दिएर आइतबारसम्म टर्कि डे मनाउँछन् । टर्कि डे मनाउनको लागि टर्कीहरु ठूलो संख्यामा काटिन्छ । तथ्यांकअनुसार यो टर्कि डेमा ७० देखि ८० लाख टर्की मारिन्छ । नेपालमा पशुवली दिँदा पशु अधिकारको कुरा गर्ने पश्चिमाहरु यो दिनमा भने मौन छन् । शायद शक्तिराष्ट्र भएर पनि हुन सक्छ ।