Newslaya Home

चुनाव

  • नवलपुरको बौँदीकाली–५ मा नेकपाका उम्मेदवार खरु मगर निर्वाचित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    नवलपरासी । पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

    वडाध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् ।

    आफ्ना प्रतिद्वन्द्वी तुलबहादुर रानालाई १ सय ३६ मत अन्तरले....

  • बैतडीको दुईवटै वडामा कांग्रेसको जित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    बैतडी । बैतडीको बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ र दोगडा केदारमा मत गणना सम्पन्न भएको छ ।

    शनिबार भएको बैतडीको उपचुनावमा दुइवटै वडामा कांग्रेस विजयी भएको भएको हो ।

    सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्दले उपनिर्वाचनमा नेकपाका उमेदवारलाई....

  • पाँचथरमा उपनिर्वाचनको मतगणना सम्पन्न, कांग्रेस र नेकपाको एक–एक स्थानमा जित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    पाँचथर । पाँचथरको फिदिम–१ र हिलिहाङ–७ को वडाध्यक्ष पदका लागि मत गणना सम्पन्न भएको छ ।

    शनिबार भएको उपचुनावमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका हुन् ।

    कुल ३ हजार ६ सय ७६....

  • किरिया पुत्रीले समेत मतदात गरेको धरानमा ५९ प्रतिशत मत खस्यो

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    धरान । सुनसरीको धरान उप महानगर प्रमुख र वडा नम्बर सातको अध्यक्ष पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

    २८ मतदानस्थल र ९९ मतदान केन्द्र रहेको धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा किरिया पुत्रीले समेत गरेका छन् ।

    आमाको निधनमा ८ दिनदेखि किरिया बसिरहेका....

  • धरानको उपनिर्वाचनमा मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको अनुमान

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    धरान । सुनसरीको धरान उप महानगर प्रमुख र वडा नम्बर सातको अध्यक्ष पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

    आज बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न गरिएको हो । ११ बजे ३० प्रतिशत मत खसेको र दिउसो ३ः३० सम्ममा....

  • धरानको मतगणना तयारीमा सिसिटिभी जडान

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    धरान । सुनसरीको धरान उपमहानगर पालिका प्रमुख र वडा नम्बर सातमा अध्यक्षका लागि उपनिर्वाचनको मतदान भएको छ ।

    शान्तिपुर्ण रुपमा गरिएको मतदानमा मतदाताहरुले साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको हो ।

    मतदान सम्पन्न भए पश्चात मतगणनास्थलमा कडा सुरक्षाका लागि २ वटा सिसिटिभी राखेर निगरानी....

  • अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिए पछि विवाद

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    पोखरा । पोखरा महानगरपालिका–३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।

    शनिबार (आज) कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा २४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मतपत्र भेटिए पछि विवाद भएको थियो ।

    अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि....

  • धरानमा उपनिर्वाचनको मतदान सुरु

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    धरान । सुनसरीको धरान उपमहानगर पालिका प्रमुख र वडा नं ७ को अध्यक्ष पदको लागि मतदान सुरु भएको छ ।

    शनिबार (आज) बिहान ७ बजेदेखि नै धरानको विभिन्न मतदात केन्द्रहरुमा उपनिर्वाचनको मतदान सुरु गरिएको हो ।

    धरानका मेयर तारा सुब्बा र वडा नं ७ का....

  • दाङको घोराहीमा बम बिस्फोट

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुन डाँडामा बम विष्फोट भएको छ ।

    शनिबार (आज) बिहान जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

    बिस्फोटबाट कुनै क्षति नभए पनि कसले के बिस्फोट गराएको हो....

  • रिक्त रहेका तीन तहका ५२ पदका लागि मतदान हुँदै

    न्यूजलय शनिबार १४, मङि्सर २०७६

    काठमाडौं । उपनिर्वाचन अन्तर्गत तीन तहका रिक्त रहेका ५२ पदका लागि मतदान सुरु भएको छ ।

    शनिबार बिहान ७ बजेबाट उपनिर्वाचन हुने स्थानमा मतदान सुरु गरिएको हो ।
    मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्ने गरि सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट....