Newslaya Home

चुनाव

  • बागलुङमा गठबन्धनका उम्मेदवार खिमविक्रम शाही निर्वाचित

    न्यूजलय सोमबार १६, मङि्सर २०७६

    बागलुङ । बागलुङ क्षेत्र नं २ को (ख) मा भएको उपचुनावको मतगणना सम्पन्न भएको छ ।

    बागलुङ क्षेत्र नं २ को (ख) मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका हुन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले....

  • धरानका १४ वटा वडाको मतगणना सम्पन्न, कांग्रेसको अग्रता कायमै

    न्यूजलय सोमबार १६, मङि्सर २०७६

    धरान । धरान उपमहानगरपालिकाको १४ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसको अग्रता कायमै रहेको छ ।

    अहिलेसम्म कांग्रेसले २०,८९७ मत प्राप्त गरेको छ भने नेकपाले १९, २७० मत प्राप्त गरेको छ ।
    कांग्रेसले १,६२७ ले अग्रता लिएको धरानमा वडा नं. २०, १९, १८, १७,....

  • दाङको प्रदेशसभा उपचुनावमा नेकपाकी उम्मेदवार बिमलाको जित

    न्यूजलय सोमबार १६, मङि्सर २०७६

    काठमाण्डौ । दाङको क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा उपचुनावको मत गणना सम्पन्न भएको छ ।

    शनिबार सम्पन्न भएको उपनिर्वाचनमा दाङ ३ (ख) मा नेकपाकी उम्मेदवार बिमलाकुमारी खत्री (वली) विजयी भएकी हुन् ।

    २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर....

  • वडा नं. १२ देखि २० सम्मको मतगणनामा काँग्रेसको अग्रता कायमै, वडा नं. ११ मा पनि अगाडी

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    धरान । धरानमा सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । नेपाली काँग्रेस ७५२ मतअन्तरले अगाडी छ ।

    आइतबार राती १० बजेसम्मको गणनाअनुसार नेपाली काँग्रेसले १३,४४३ मत ल्याएको छ भने नेकपाले १२,६९१ मत ल्याएको छ । यो धरानका ९ वटा वडाको मतगणनाको नतिजा....

  • धरानमा मतगणना जारी, मतान्तर नेकपाले घटायो

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    धरान । धरान नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको हालसम्मको ताजा मतपरिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राई अगाडी देखिएका छन् ।

    उनको पछि पछि नेपाल कम्युनिष्ट पार्टीका प्रकाश राई रहेका छन् । कांग्रेसका तिलकले १०९९२ र नेकपाका १०५१७ मत रहेको छ । अहिले कांग्रेसँग....

  • मोरङको धनपालथानमा कांग्रेस उम्मेदवार निर्वाचित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

    शनिबार अध्यक्ष पदका लागि भएको धनपालथान वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद साह विजयी भएका छन् ।

    वडाको कुल ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेकोमा....

  • भोजपुरको पौवादुङमा–१ मा नेकपा उम्मेदवार विजयी

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका –१ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

    शनिबार वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार जितेन्द्र राई भारी मतले विजयी भएका हुन् ।

    कुल एक हजार ६१६ जना मतदाता रहेको उक्त वडामा नौ सय ६५ मत खसेको थियो....

  • धरानमा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा, झिनो मतले नेकपाको अग्रता

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

    शनिबार भएको उपनिर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेकपाका उम्मेदवार प्रकाश राईले झिनो मतले अग्रता बनाएका छन् ।

    वडा नम्बर २०,१९ र १८ को मतगणना सकिएको छ । नेकपाका उम्मेद्‍वार १७ मतले अगाडी छन्....

  • खोटाङको साकेला–३ मा नेकपाको जित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं–३ मा भएको उपचुनावको मतगणना सम्पन्न भएको छ ।

    वडा अध्यक्ष पदको लागि शनिबार भएको उप निर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।

  • संखुवासभाको खाँदबारी–३ मा नेकपाका उम्मेदवार घिमिरे निर्वाचित

    न्यूजलय आइतबार १५, मङि्सर २०७६

    संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नम्बर ३ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

    वडा अध्यक्ष पदको लागि शनिबार भएको उपचुनावमा नेकपाको उम्मेदवार भरत घिमिरे विजयी भएका हुन् ।

    ८ मत बदर भएको उक्त वडामा घिमिरेले ७९६ मत ल्याएर विजयी भएका छन् भने....