विद्यार्थीलाई विश्वका विभिन्न देशहरुमा शिक्षाको लागि सहजिकरण गरिरहेको एक्सपर्ट एजुकेसन एण्ड भीसा सर्भिसेस इटहरीले आएल्ट्स र पिटिइका कक्षाहरुमा विशेष छुट ल्याएको छ । विद्यार्थीहरुलाई शुल्कमा ५० प्रतिशत छुट दिएको हो । यसबाहेक उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरै पैसा फिर्ता दिनेसमेत घोषणा गरेको छ ।
‘५० प्रतिशत छुट त भइहाल्यो, उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई क्यासब्याकसमेत दिन्छौं,’ संस्थाका निर्देशक भव तिम्सिनाले भने, ‘संस्थाको सामाजिक दायित्वअन्तर्गत पनि हामीले विद्यार्थीहरुको लागि यो अफर ल्याएका हौं ।’
संस्थाका शैक्षिक विभाग प्रमुख मुक्तिनाथ घिमिरेका अनुसार एक्सपर्टले विद्यार्थीहरुको उत्कृष्ठ नतिजाका लागि दक्ष तथा अनुभवी शिक्षकहरुबाट पठनपाठन गराउने गरेको छ ।
एक्सपर्टको इटहरी शाखाले १ दशक भन्दा बढी समय देखि विद्यार्थीलाई अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशहरूमा शैक्षिक अध्ययनका लागि सहजिकरण गदै आइरहेको छ । एक्सपर्टको शाखा इटहरी, धरान र विराटनगरमा समेत रहेको छ ।
विदेश पढ्न जान चाहने विद्यार्थीहरुको लागि एक्सपर्ट उत्कृष्ठ गन्तव्य भएको संस्थाका कार्यकारी निर्देशक कमल तिम्सिनाले जानकारी दिए । ‘विद्यार्थीलाई विदेश पढ्न जान काउन्सिलिङ गर्ने, सहजिकरण गर्ने र पुगिसकेपछि पनि त्यहाँ राम्रो बसोबास र रोजगारीका लागि पहल गर्ने काम गर्छौं ।’
विश्वका विभिन्न देशहरुमा गरेर ६० भन्दा बढी शाखाहरु भएकोले पनि एक्सपर्टले विद्यार्थीहरुलाई आइपरेका समस्याहरुमा तुरुन्त सहजिकरण गर्न सक्ने उनले बताए । अहिले एक्सपर्टले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतसहितका देशमा पढ्न जान सहजिकरण गरिरहेको छ ।