विराटनगर । नेपाल पत्रकार महासंंघ मोरङको अध्यक्षमा शुशीला पाठक निर्वाचित भएकी छन् ।
प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक १ सय १७ मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे ।
महासंघको उपाध्यक्षमा सन्तोष सिग्देल १०१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे । महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले बराबर मत ल्याए । दुवैको मत ८२–८२ छ । महिला उपाध्यक्ष रन्जिता पोखरेलले १५ मत प्राप्त गरे ।
सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए । सहसचिवमा श्यामसुन्दर सुतिहार र रेवती निरौला विजयी भए । समावेशीमा ९३ मतसहित सुतिहार निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । सहसचिव खुल्लामा निरौला ९२ मतसहित विजयी हुँदा प्रेम देवानले ५७ सोनुकुमार दासले १७ र तेजन खड्काले १० मत प्राप्त गरे । कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए । पदम सरदारले ३७ मत प्राप्त गरेका छन् ।