महामारी जितेर मृत्यु हारेको एउटा सांगीतिक सतिसालप्रति....
प्रभात, साम, दिन, रात, खाँदा, बस्दा, हिंड्दा, डुल्दा‘अझ सुत्दा पनि, सपना, बिपना जतिखेरै । जसले यौटै विषयप्रति अविच्छिन्न चिन्तन गर्छ, कर्म गर्छ भने– त्यो गहिरो अध्ययन हो, लामो अनुसन्धान हो, दीर्घ साधना हो र घनघोर तपस्या हो ।
नेपाली सांगीतिक आकाशको एउटा उज्वल नक्षत्र....