डा. उपेन्द्र देवकोटालाई पत्र : प्रयत्नले छोड्नुअघि हामीले प्रयत्नलाई छोड्नुहुँदैन
श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि....