काठमाडौँ । अमेरिकामा एउटा विमान दुर्घटना भएको छ । फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
विमान दुर्घटना क्यालिफोर्नियाको फुलरटन एयरपोर्ट नजिक भएको हो ।
भिडियोमा विमान एउटा ठूलो गोदामको छतमा खसेको देख्न सकिन्छ । यसपछि गोदामबाट धुवाँको बादल निस्किरहेको छ । दुर्घटना हुँदा गोदाममा धेरै मानिसहरु उपस्थित थिए ।