Newslaya Home

अर्थ

  • ​इन्धनको अभाव कम गर्न निगमले राख्यो वैकल्पिक जनशक्ति

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । नेपाल आयल निगमले बेलाबेलामा चालकहरुको आन्दोलनका कारणले हुने इन्धनको अभाव कम गर्न वैकल्पिक जनशक्ति पनि तयार पार्न थालेको छ । 

    यस महिनाको सुरुमा पनि चालकहरुले अमलेखगञ्जबाट तेल नउठाउँदा १–२ दिन देशैभर इन्धनको अभाव भएको थियो । 

    निगमले....

  • ​सुनको मूल्य घट्यो

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) ५९ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। अघिल्लो....

  • ​उत्कृष्ठ बन्दै बराह सहकारी

    न्यूजलय शनिबार २०, असोज २०७५

    धरान । ‘हामी सबैको बराह, आर्थिक उन्नतीको सहारा’ भन्ने नारा सहित ९ वर्ष अघि स्थापना भएको बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतले लाभांस दिन सफल भएको छ । 

    ९ वर्षमै १ हजार ६ सय १८ जना....

  • सुविधाको ९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रवासीले दिए शुभकामना

    न्यूजलय शनिबार २०, असोज २०७५

    इटहरी । सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा सक्रिय रुपमा सञ्चालित संस्थाले शनिबार स्थापनाको ९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

    इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी....

  • ​विराटनगरमा पहिलो पटक प्रादेशिक पुँजीबजार प्रदर्शनी

    न्यूजलय शनिबार २०, असोज २०७५

    विराटनगर । विराटनगरमा पहिलो पटक शुक्रबारबाट प्रादेशिक पुँजीबजार प्रदर्शनी सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्डद्वारा आयोजित दुईदिने प्रर्दशनीमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका ‘प्रादेशिक पुँजीबजार प्रदर्शनी आयोजना गरिएको हो ।

    प्रदर्शनीमा लगानीकर्ताका लागि जानकारी दिने, धितोपत्र....

  • ​जापान सरकारले नेपाललाई ३० करोड ८० लाख सहयोग गर्ने

    न्यूजलय शनिबार २०, असोज २०७५

    काठमाडौं । जापान सरकारले नेपाललाई ३० करोड ८० लाख रुपैयाँ गर्ने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यान्वयन गर्न जापान सरकारले नेपाललाई  अनुदान उपलब्ध गराउने भएको हो । 

    शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले....

  • ​भोजपुरमा ग्यासको मूल्य घट्यो

    न्यूजलय शुक्रबार १९, असोज २०७५

    भोजपुर । भोजपुरमा ग्यासको मुल्य घटेको छ । भोजपुर–लेगुवा सडक खण्डको भाडा घटेसँंगै ग्यासको मूल्य पनि घटेको हो । 

    यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ ।

    व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८....

  • जापानले ३० करोड अनुदान दिने

    न्यूजलय शुक्रबार १९, असोज २०७५

    काठमाडौं । जापानले नेपाललाई थप ३० करोड ८० लाख अनुदान सहायता दिने भएको छ । 

    जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने....

  • ​चिनीको मूल्य ६३ रुपैँया कायम गर्न निर्देशन

    न्यूजलय शुक्रबार १९, असोज २०७५

    काठमाडौं । चिनीको मूल्य प्रतिकेजी ६३ रुपैँया कायम गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बिहिबार बसेको समितिको बैठकले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । 

  • ​कच्चा पदार्थको अभावमा सुनचाँदीका गरगहनाका पसल सुनसान

    न्यूजलय बिहीबार १८, असोज २०७५

    धरान । विशेष गरेर दशै तिहारलाई सुनचाँदीका गरगहना व्यापारको मुख्य सिजन मानिन्छ । गरगहनाको मुख्य व्यापार हुने दशै तिहारमा दैनिक खपत हुने गरेको सुनको कोटा पनि बढएर व्यापारीहरुलाई दिने गरेको थियो । अहिले दशै मुखमै आईसक्दा पनि कोटा बढाएर सुन बजारमा आउन नसक्दा सुनचाँदीका गरगहनाको....