Newslaya Home

अर्थ

  • नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँको अभाव

    न्यूजलय बिहीबार ३०, साउन २०७६

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीय रुपैयाँको अभाव हुन थालेपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बाट बञ्चित भएका छन् ।

    राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता....

  • सुनको भाउ घट्योे

    न्यूजलय बुधबार २९, साउन २०७६

    काठमाण्डौ । बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले....

  • यसकारण बढ्दैछ सुनको मूल्य

    न्यूजलय बुधबार २९, साउन २०७६

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    यसरी दिनहुँ सुनको मूल्य बढ्नुको कारण के होला त ? आउनुहोस् जानौं

    चीन–अमेरिका....

  • सुनमा फेरि बन्यो अर्को रेकर्ड

    न्यूजलय मङ्गलबार २८, साउन २०७६

    काठमाडौं । मंगलबार सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य ७० हजार....

  • बेलबारीमा ड्रिमल्याण्ड : सौर्यमण्डलदेखि स्वीमिङपुलसम्म एकै ठाउँ

    न्यूजलय शनिबार २५, साउन २०७६

    बेलबारी । होटल, रेष्टुरेन्टदेखि स्वीमिङ पुल अनि गेष्ट हाउससम्म समेटिएका पार्कहरु त सबैले देखेकै छौं, तर त्यबाहेक पनि धेरै विशेषता समेटेर सबैलाई छक्क पार्ने गरी बेलबारीमा बन्दैछ, ‘ड्रिमल्याण्ड पार्क’ ।

    मोरंगको विकासोन्मुख नगर बेलबारी शहरलाई नै चिनाउने सम्भावना बोकेको यो पार्क निर्माणाधिन छ । बेलबारी....

  • रामकृष्ण ढकाललाई छल गर्यो सहकारीले, चार वर्षमा तेब्बर भयो ऋण

    न्यूजलय शुक्रबार २४, साउन २०७६

    काठमाडौं । गायक रामकृष्ण ढकालले गाएको एउटा गीत खुबै चर्चित थियो । छल गर्यो मायाले ... ।

    उनको जीवनमा घर परिवार नै उठीबास लगाउने गरी सहकारीले छल गरेको छ । ढकाल र उनकी पत्नी निलम शाहले लिएको ऋण तिर्न नसक्दा सहकारीले ७० सालमा उनको घर....

  • प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाउन डोजर प्रतिबन्ध

    न्यूजलय शुक्रबार २४, साउन २०७६

    काठमाडौं । सरकारले एक करोड रुपैयाँसम्मका आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ ।

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ मा १ करोडसम्म लागतका आयोजनाहरु डोजर लगायत हेभी मेसिनरी उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

    अब यस्ता आयोजनामा मानवीय श्रमशक्तिबाटै काम गर्नुपर्नेछ । सार्वजनिक क्षेत्रमा रोजगार....

  • सुनको मूल्य ईतिहासमै सबै भन्दा उच्च

    न्यूजलय बिहीबार २३, साउन २०७६

    काठमाडौं । सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बिहीबारका लागि तोकेको नयाँ मूल्य नेपाली सुन चाँदी व्यवसायको ईतिहासमै सबै भन्दा उच्च हो ।

    अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर तेजाबी सुनको मूल्य प्रतितोला ७०....

  • दुई महिनापछि खुल्यो उदयपुर सिमेन्ट उद्योग

    न्यूजलय बिहीबार २३, साउन २०७६

    उदयपुर । दुई महिनादेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ ।

    मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो । उद्योगले बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मोटर मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए....

  • एकैदिन १५ सयले बढ्यो सुनको भाउ

    न्यूजलय बुधबार २२, साउन २०७६

    काठमाडौं । सुनको भाउ एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला ६९ हजार ५०० रुपैयाँमा पुगेको हो ।

    बुधबार कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो। सुनको मूल्यले....