Newslaya Home

अर्थ

  • विद्युतको महसुल घट्यो

    न्यूजलय बुधबार ०३, असार २०७७

    काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको छ । तर बिजुली भने....

  • बिजुलीको नयाँ महशुल सार्वजनिक (नयाँ महसुल दरसहित)

    न्यूजलय बुधबार ०३, असार २०७७

    काठमाडौं । विद्युत नियमन आयोगले विजुलीको नयाँ महशुल सार्वजनिक गरेको छ ।

    सार्वजनिक नयाँ महशुल अनुसार ५ एम्पियरको मिटर राख्ने र महिनाको १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन हुने भएको छ ।

    यस्तै सार्वजनिक खानेपानी र....

  • सुनको मूल्य अहिले सम्मकै उच्च

    न्यूजलय बुधबार ०३, असार २०७७

    काठमाडौँ । बुधबार (आज) सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    आज सुन प्रतितोला १ सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको....

  • साढे ८ लाख घुससहित मालपोत कार्यालयका पाँच जना कर्मचारी पक्राउ

    न्यूजलय बुधबार ०३, असार २०७७

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका अधिकृतसहित पाँच जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

    कार्यालय सञ्‍चालन हुन थालेको दोस्रो दिनमै अख्तियारले मंगलबार गरेको स्टिङ अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । जग्गाको कित्ताकाट गर्ने आदेश गराएवापत घुस रकम....

  • सुनको मुल्य बढ्यो

    न्यूजलय सोमबार ०१, असार २०७७

    काठमाण्डौ । सुनको मुल्य आज (सोमबार) एक सयले बढेको छ । आज छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ८९ हजार ६ सय मा कारोबार भएको थियो ।

    यस्तै चाँदी आइतबारको तुलनामा १० रुपैयाले घटेर प्रतितोला ९ सय २५ रुपैयाँमा....

  • भोलिदेखि बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा सञ्चालन हुने

    न्यूजलय आइतबार ३२, जेठ २०७७

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) देखि बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

    आइतबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले सरकारको निर्णयअनुसार राष्ट्र बैंकबाट इजाजतपत्र बैंक तथा वित्तीय संस्था असार १ गतेदेखि साबिकै समयमा सञ्चालनमा आउने जनाएको हो ।

    ....

  • लकडाउनले ७० प्रतिशत घट्यो इन्धन आयात

    न्यूजलय आइतबार ३२, जेठ २०७७

    काठमाडौं । लकडाउनले पेट्रोलियम पदार्थको आयातमा ७० प्रतिशत कमी आएको छ । सरकारले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चैत्र ११ देखि लकडाउन गरेको थियो । लकडाउनका कारण इन्धनको खपत कम हुँदा आयातमा ७० प्रतिशतले कमी भएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमका अनुसार सामान्य....

  • २५ अर्बको बिजुली खेर जाँदै

    न्यूजलय आइतबार ३२, जेठ २०७७

    काठमाडौं । सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खेर जाने भएको छ ।

    सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले नीतिमार्फत सम्बोधन नगरेको, कोभिड–१९ ले माग घटाएको र भारतसित....

  • सरकारले गर्यो कोरोना नियन्त्रणको खर्च सार्वजनिक

    न्यूजलय शनिबार ३१, जेठ २०७७

    काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ  ।

    कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको बताइएको छ ।....

  • घट्यो चाँदीको मुल्य

    न्यूजलय शुक्रबार ३०, जेठ २०७७

    काठमाण्डौ । बिहीबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य यथावत् रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    चाँदीको मूल्य भने बिहीबारको तुलनामा घटेको छ। चाँदी बिहीबार ९ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएकोमा शुक्रबार ९ सय ३५ रुपैयाँ मूल्य कायम....