Newslaya Home

अर्थ

  • ​डलरको मूल्य बढ्यो

    न्यूजलय बिहीबार २१, भदौ २०७५

    काठमाडौं । अमेरिकी डलरको मूल्यले बढेको छ ।

    बिहीबार डलरको बिक्रीदर मूल्य ११५ रुपैयाँ ११ पैसा तथा खरिददर मूल्य ११४ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो दिनको तुलनामा यो २७ पैसा महँगो भएको हो। 

    डलरको....

  • ​फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    न्यूजलय बिहीबार २१, भदौ २०७५

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाउने भएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्‍यमा वृद्धि गर्ने निर्णय गरेको हो ।

    निगमका अनुसार अब पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजेल....

  • नेपाली कामदार जान रोकिएसँगै एयर एसियाले मलेसिया उडान बन्द गर्दै

    न्यूजलय बुधबार २०, भदौ २०७५

    काठमाडौ । मलेसियाको क्वालालम्पुर–काठमाडौं रुटमा नियमित उडान गरिरहेको एयर एसियाले नेपालतर्फको उडान एक वर्षका लागि बन्द गर्ने भएको छ । 

    एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । लगातार घाटा भएपछि उडान बन्द गर्ने भन्दै उसले विमानस्थलमा पत्र पठाएको....

  • ‘गरिबमारा’ कर तत्काल फिर्ता गर्नुपर्ने भन्दै धरानमा आन्दोलन

    न्यूजलय बुधबार २०, भदौ २०७५

    धरान । धरानमा धरान उपमहानगरपालिकाले वृद्धि गरेको करविरुद्ध धरानका राजनीतिक दलहरू एक जुट भई आन्दोलनमा उत्रिएका छन् । 

    आन्दोलनमा कांग्रेस, क्रान्तिकारी माओवादी, संघीय लिम्बुवान पार्टी, मंगोल नेसनल पार्टी र जनसरोकार मञ्च धरान एक जुट भई मंगलबार प्रदर्शनमा उत्रिएका हुन् । धरान उपमहानगरपालिकाको....

  • ​​ग्यासको घाटा चुलिँदै, निगमको ग्यासमा दुईथरी मूल्य

    न्यूजलय मङ्गलबार १९, भदौ २०७५

    काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिण्डरको मूल्य दुईथरी कायम गर्ने भएको छ । निगमले घरायसी प्रयोजनको रातो सिलिण्डरको मूल्य कम र व्यावसायिक प्रयोजनको निलो सिलिण्डरको मूल्य अलिकति बढि कायम गर्ने  भएको हो । 

    खाना पकाउने ग्यासको मूल्यमा बढ्दो घाटा कम गर्न....

  • ​‘प्रिमियर होटल स्कुल शिक्षाको गुणस्तरमा सम्झौता गर्दैन’ (भिडियो अन्तर्वार्तासहित)

    न्यूजलय शनिबार १६, भदौ २०७५

    अहिले नेपालमा होटल मेनेजमेन्टको तालिम र शिक्षाप्रतिको क्रेज बढ्दो छ । पहिला राजधानी काठमाडौमा मात्र पढाइ हुने यो विषय अहिले राजधानीबाहिरका विभिन्न शहरहरुमासमेत पढाइ हुने गरेको छ । इटहरीमा स्थापनाको छोटो समयमै दर्जनौं विद्यार्थीलाई होटल मेनेजमेन्टसँग सम्बन्धित विभिन्न अवधिका तालिम दिएको प्रिमियर होटल स्कुलका सिइओ सुनिल....

  • ​उद्योगी विनोद चौधरी नेपालका एक नम्बर धनी, १० औं स्थानमा ज्ञानेन्द्र शाह

    न्यूजलय शुक्रबार १५, भदौ २०७५

    काठमाडौं । अमेरिकी फोब्र्स पत्रिकाले नेपालका १० धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।

    फोब्र्सका अनुसार नेपालका १० जना धनी व्यक्तिहरुको नाममा विनोद चौधरी नम्बर १ मा छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह १० नम्बरमा परेका छन् । 

    यसै गरी....

  • ​अस्तव्यस्त इटहरीका लज : कोठाभरी प्रयोग गरिएका कण्डम !

    न्यूजलय शुक्रबार १५, भदौ २०७५

    इटहरी । होटलमा सुत्ने खाट र चर्पीभरी अरुले प्रयोग गरेका कण्डम भेटियो भने के गर्नुहुन्छ ? पक्कै पनि त्यस्तो होटल बस्न लायक हुँदैन ।

    तर इटहरीका होटलहरुको लागि यो नौलो घटना होइन । थोरै राम्रा होटलबाहेक धेरै होटलहरु नियमित सरसफाइ र राम्रो....

  • ​उदयपुर सिमेन्टको मूल्य घट्यो

    न्यूजलय बुधबार १३, भदौ २०७५

    उदयपुर । देशभर सिमेन्टको मूल्य घटिरहेको बेला उदयपुर सिमेन्ट उद्योगको गैँडा छापा सिमेन्टको पनि मूल्य घटेको छ । सिमेन्टको मूल्य प्रतिबोरा २८ रुपैँया २२ पैसाले घटेको हो । 

    मंगलबारदेखि प्रतिबोरा ८ सय ९८ रुपैँया ३५ पैसाबाट घटेर ८ सय ७० रुपैँया १०....

  • ​पाँचथरका निर्माणाधीन हाइड्रोपावरले तिरेनन् कर

    न्यूजलय बुधबार १३, भदौ २०७५

    पाँचथर । पाँचथरमा निर्माणाधीन रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर हाइड्रोपावरले नतिरेका हुन् । 

    गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग....