Newslaya Home

अर्थ

  • ७२ वर्षपछि बंगलादेशको मुद्रा भारतकोभन्दा बलियो

    न्यूजलय बिहीबार १२, भदौ २०७६

    नयाँ दिल्ली । भारतीय रुपैयाँको बारेमा मंगलबार सोसल मिडियामा निकै चर्चा भयो । मानिसहरुले बंगलादेशको टाकाको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको जनाएका थिए । फेसबुक र ट्विटरमा सयौं पोस्टमा यो दाबी गरियो कि ७२ वर्षमा पहिलो पटक भारतीय रुपैयाँ बंगलादेशी टाकाभन्दा पछाडि परेको छ ।

    ....

  • विद्युत प्राधिकरणका ८५ कर्मचारीको एकैपटक सरुवा

    न्यूजलय बुधबार ११, भदौ २०७६

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ८५ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले ७, ८ र ९ तहका कर्मचारीको सरुवा गरेको हो । प्राधिधकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।

    प्राधिकरणका अनुसार ८ जना ९ तहका कर्मचारीको....

  • ‘आउटस्ट्याण्डिङ लिडर–सार्क’को उपाधि बिनोद चौधरीलाई

    न्यूजलय मङ्गलबार १०, भदौ २०७६

    काठमाडौं । चौधरी समुहका अध्यक्ष बिनोद कुमार चौधरीले मुम्बईमा भएको ‘सिईओ अवार्ड–२०१९’ मा ‘आउटस्ट्याण्डिङ लिडर–सार्क’को उपाधि हात पारेका छन् ।

    उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हुन् । सार्क क्षेत्रमा सबैलाई उछिन्दै उक्त उपाधि चौधरीले पाएका हुन् ।

    उक्त सम्मान पछि उनले भने ‘हामी धेरै....

  • घट्यो सुनको मूल्य

    न्यूजलय मङ्गलबार १०, भदौ २०७६

    काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले घटेर मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर....

  • एक वर्ष लाग्छ हुम्लामा चामल पुग्न, खाद्यसंस्थानका प्रमुख आफै हिडे चामल लिएर

    न्यूजलय मङ्गलबार १०, भदौ २०७६

    हुम्ला । ६ दिनमा हुम्ला पुग्नुपर्ने चामल पुग्न झण्डै एक वर्ष लागेको छ ।
    नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल एक वर्षमा पुगेको हो ।

    काठमाडौं, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५–७६ मा....

  • धमाधम धरौटी राख्न थाले मेनपावर कम्पनिले

    न्यूजलय मङ्गलबार १०, भदौ २०७६

    काठमाडौंं । म्यानपावर कम्पनीले २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन् ।

    सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखिसकेका छन् । ७६ वटा म्यानपावरले एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेका छन् ।

    ....

  • एनसेलको सम्बन्धमा सर्वोच्चको निर्णय : विवरण बुझाउन समय दिइने

    न्यूजलय मङ्गलबार १०, भदौ २०७६

    काठमाडौं । सर्वोच्च अदालतले एनसेलको पक्षमा फैसला गरिदिएको छ । ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ लाभकर तिर्न भन्दै पत्राचार गर्ने ठूला करदाता कार्यालयको निर्णय खारेज गरिएको हो ।

    सोमबार सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई कारोबारको विवरण र प्रमाण....

  • खसीबोकाको मूल्य अझै बढ्न सक्ने

    न्यूजलय सोमबार ०९, भदौ २०७६

    काठमाडौं । नजिकिँदै गरेको दशैँमा खसीबोकाको मूल्य बढने संकेत देखिएको छ ।

    सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै अहिलेनै बजारमा मूल्य आकासिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको....

  • एकै दिन १२ सय रुपैया बढेर सुनको भाउले बनायो अर्को रेकर्ड

    न्यूजलय सोमबार ०९, भदौ २०७६

    काठमाण्डौ । सुनको भाउ आइतबार एकै दिन तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउ आइतबार एक्कासी....

  • सुनको मूल्य हालसम्मकै उच्च

    न्यूजलय आइतबार ०८, भदौ २०७६

    काठमाडौं । सुनको भाउमा तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो।

    सुनसँगै चाँदीको भाउ पनि बढेको छ।....