Newslaya Home

अर्थ

  • इटहरीमा खुल्यो अर्को सिनेमा हल, हलसहितको सपिङ मल

    न्यूजलय मङ्गलबार ०९, असोज २०७५

    इटहरी । इटहरीमा सिनेमाहलसहितको आकर्षक सपिङ्ग मल ‘सेन्ट्रल प्लाजा’ संचालनमा आएको  छ । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले इटहरी चोकमा १० तले आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको हो ।

    यस मलको ग्राउन्ड फ्लोरदेखि....

  • ​इटहरी दसैँ महोत्सवको तयारी तिब्र

    न्यूजलय मङ्गलबार ०९, असोज २०७५

    इटहरी । इटहरीमा आगामी असोज १९ गते बाट सुरु हुन लागेको दसैँ महोत्सवको तायरी तिब्र गतिमा भइरहेको छ ।  एरिना टेलिभिजनले आयोजना गर्ने उक्त महोत्सव इटहरीको सानो जनता स्कुलको मैदानमा हुन लागेको हो ।

    आगन्तुकको सम्मानका लागि हेलिकप्टरबाट फूल बर्साउने विशेष आकर्षक योजनासहित....

  • २१ गतेदेखि दशैँका लागि नयाँ नोट पाइने

    न्यूजलय मङ्गलबार ०९, असोज २०७५

    काठमाडौँ । दशैलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १३ अर्ब भन्दा बढीको नयाँ नोट निष्काशन गरेको जनाएको छ । 

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन....

  • ​आजदेखि प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

    न्यूजलय आइतबार ०७, असोज २०७५

    काठमाडौं । आज (आइ्तबार)देखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था लागू भएको छ । ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजदेखि उक्त व्यवस्था लागू भएको अर्थ मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक....

  • ढुवानी रोकेपछि ​पेट्रोलियम पदार्थको अभाव

    न्यूजलय बिहीबार ०४, असोज २०७५

    काठमाडौं । आयल निगमसम्वद्ध ढुवानीकर्ताले ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ ।

    मुलुकी ऐन संशोधनको माग गर्दै असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । मुलुकी संहिता संशोधनको माग गर्दै देशभरका सवारी चालकहरू आन्दोलित....

  • त्रिभुुवन विश्वविद्यालयको बजेट कति ?

    न्यूजलय बिहीबार ०४, असोज २०७५

    काठमाडौं । त्रिभुुवन विश्वविद्यालय सभाको साधारण बैठकले आव २०७५÷७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारसँग अनुदान माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड....

  • ​अब घरमै बसेर राजस्व तिर्न सकिने

    न्यूजलय मङ्गलबार ०२, असोज २०७५

    काठमाडौं । सरकारले निर्णय गरेको ६ महिनापछि विद्युतीय माध्यमबाट राजस्व भुक्तानी कार्यान्वयनमा आएको छ । 

    सबैखाले राजस्व संलनमा वैकल्पिक माध्यमको रुपमा विद्युतीय भुक्तानीको माध्यम सञ्चालनमा ल्याउने सरकारको निर्णय बमोजिम असोज १ गतेदेखि यो व्यवस्था लागू गरिएको हो ।  

    प्रविधिमा....

  • ​फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    न्यूजलय मङ्गलबार ०२, असोज २०७५

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

    पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिए....

  • ​टिभीएसको मोटरसाइकलको लागि इनरुवामा खुल्यो ग्रिधर इन्टरप्राइजेज

    न्यूजलय सोमबार ०१, असोज २०७५

    इटहरी । टिभीएस मोटरसाइकलको बिक्रि वितरण गर्ने गरी सुनसरी सदरमुकाम इनरुवामा शोरुम खोलिएको छ । सोमबार सांसद सीताराम मेहताले ग्रिधर इन्टरप्राइजेजको उद्घाटन गरेका हुन् ।

    यहाँ टिभीएसका मोटरसाइकलहरु बिक्रि, मर्मत तथा पाटपुर्जा खरीदको सुविधा रहने इन्टरप्राइजेजका सञ्चालक पारस यादवले जानकारी दिए ।....

  • ​इटहरीमा दसैँ महोत्सव, हेलिकप्टरबाट पाथिभरा दर्शन गराइने

    न्यूजलय सोमबार ०१, असोज २०७५

    इटहरी । इटहरीमा दसैँ महोत्सव लाग्ने भएको छ । आगन्तुकको सम्मानका लागि हेलिकप्टरबाट फूल बर्साउने विशेष आकर्षक योजनासहित एरिना टेलिभिजनले इटहरीमा दसैँ किनमेल महोत्सव तथा पर्यटकीय मेला आयोजना गर्ने भएको छ ।

    टेलिभिजनले व्यावसायिक प्रवर्धनका लागि पहिलो पटक आयोजना गर्न लागेको महोत्सवमा....