Newslaya Home

अर्थ

  • उत्तर कोरियाको लगानी बहिष्कार गर्दै नेपाल, दुई महिना भित्र फिर्ता लान निर्देशन

    न्यूजलय मङ्गलबार ३१, भदौ २०७६

    काठमाडौ । नेपालमा सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि गरेको प्रतिबन्धको निर्णयअनुसार उद्योग बन्द गरी आगामी दुई महिनाभित्र लगानी फिर्ता लैजान सरकारले निर्देशन दिएको हो ।

    आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपणमा उत्तर....

  • सुनको मूल्य निरन्तर घट्दै

    न्यूजलय सोमबार ३०, भदौ २०७६

    काठमाडौ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको....

  • चाडपर्वको अवसरमा हवाई भाडामा १० प्रतिशत छुट

    न्यूजलय आइतबार २९, भदौ २०७६

    काठमाडौं । चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले हवाई भाडामा १० प्रतिशत छुट दिने भएको छ । वायुसेवा सञ्चालक संघ, नेपालको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    सङ्घका अनुसार सो सुविधा असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म कम्पनीको काउण्टरबाट खरिद गर्ने यात्रुहरूका लागि नर्मल भाडादरमा....

  • घट्यो सुनचाँदीको मूल्य

    न्यूजलय आइतबार २९, भदौ २०७६

    काठमाडौं । आइतबार सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ घटेको हो ।

    शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको थियो....

  • बराह सहकारीले गर्यो दशौं बार्षिक साधारण सभा

    न्यूजलय शनिबार २८, भदौ २०७६

    सुनसरी । धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    ३ हजार ५ सय बढी शेयर सदस्य रहेको धरानको प्रमुख सहकारीमध्येको एक यो सहकारीले शनिबार साधारणसभा सम्पन्न गरेको हो । सो अवसरमा सञ्चालक समितिका तर्फबाट बराह बचत तथा ऋण....

  • हाइड्रोको नाममा जग्गा कारोबार, आयोजनाको लागि बेचेको जग्गा कर्मचारीका नाममा पास

    न्यूजलय शनिबार २८, भदौ २०७६

    संखुवासभा । संखुवासभामा निर्माणाधिन इसुवाखोला हाइड्रोपावरलाई दिएको जग्गा आयोजनाका कर्मचारीको नाममा दर्ता भएको पाइएको छ । मकालु गाउँपालिका १ मा निर्माणाधीन उक्त आयोजनाको लागि स्थानियले बेचेको भन्दा बढी मूल्य कायम भएर जग्गा रजिष्ट्रेसन पास भएको प्रमाण भेटिएको हो ।

    स्थानियले प्रतिरोपनी दुई लाख रुपैया मुआब्जा....

  • सुँगुरको मासु र भटमासमा थप कर नलगाउने चीनको घोषणा

    न्यूजलय शनिबार २८, भदौ २०७६

    चीनले अमेरिकाबाट आयात गरिने केही प्रमुख कृषि उत्पादनहरू, सुगुँरको मासु र भटमासमा, थप कर नलगाउने घोषणा गरेको छ।

    अघिल्लो वर्ष चीनले अमेरिकी कृषि उत्पादनमा २५ प्रतिशत कर लगाएको थियो।

    दुई हप्ताअघि बेइजिङले भटमासमा थप पाँच प्रतिशत र सुँगुरको मासुमा १० प्रतिशत महसुल वृद्धि गर्ने निर्णय....

  • व्यवहार टार्न सहकारी चलाउनेका कारण लाखौं बचतकर्ताको लगानी जोखिममा छ : अमृता सुब्बा (भिडियो अन्तर्वार्ता)

    न्यूजलय शुक्रबार २७, भदौ २०७६

    इटहरी । व्यक्तिगत आवश्यकता पुरा गर्न खोलिएका सहकारीहरुको भविष्य राम्रो नभएको इटहरीस्थित महिला बचत सहकारीकी अध्यक्ष अमृता सुब्बाले बताएकी छिन् । उनका अनुसार त्यस्ता सहकारी चलाउनेहरुका साथै खाता खोल्ने र शेयर जम्मा गर्नेहरुको पुँजी पनि जोखिममा रहेको उनले बताइन् ।

    विधि, नियमअनुसार नचल्ने र चल्न....

  • मलेसियाको रोजगारी खुल्यो, सित्तैमा जान पाइने

    न्यूजलय शुक्रबार २७, भदौ २०७६

    काठमाण्डौ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएसँगै रोजगारी खुलेको हो ।

    मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाले गर्ने भएका छन् । सरकारले सूचीकृत....

  • घट्यो सुनचाँदीको मूल्य

    न्यूजलय बिहीबार २६, भदौ २०७६

    काठमाडौं । बिहीबार सुनचाँदीको मूलय घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुनको मूल्य स्थिर रहँदै तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी....