मदिरा सेवन गरी होहल्ला नगर्ने सर्तमा छुटे राजेशपायल राई

न्युजलय २२ चैत २०८०, बिहिबार १२:०३ मा प्रकाशित

काठमाडौँ । मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राई छुटेका छन् । बुधबार राति पक्राउ परेका उनलाई प्रहरीले बिहीबार छोडेको हो ।  राईसँगै पक्राउ परेका अन्य कलाकारहरू पनि छुटेका छन् । 

प्रहरीले कागज गराएर अबदेखि मदिरा सेवन गरी होहल्ला नगर्ने सर्तमा उनलाई छोडेको हो ।