२०७८ साल माघ ६ गते बिहिबार

घट्यो सुनको मूल्य

न्युजलय १३ मङ्सिर २०७८, सोमबार १२:११ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

आइतबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।