काठमाडौं । भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको छ ।
जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप बुधबार भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानमा हवाइ आक्रमण गरेको थियो ।
भारतले अब थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ । पाकिस्तानमा सञ्चालित आतंककारी शिविरलाई लक्षित गरी भारतले १२ स्थान पहिचान गरेको जनाइएको छ ।