दश रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

न्युजलय २ असार २०८२, सोमबार ११:४८ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दश रुपैयाँ दरको नयाँ सिरिज नोट प्रचलनमा ल्याएको छ ।

राष्ट्र बैंकले साविककै आकार र रंगमा पूर्व गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट आजदेखि चलनचल्तीमा ल्याएको हो । 

नयाँ नोटको नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्म रहेको छ । अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गर्भनर अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा ‘वि.सं.२०८१’ लेखिएको छ । 

यसअघि मिति २०७७ मंसिर १० गतेदेखि रुपैयाँ दश दरका बैंक नोट संकेत नम्बर ढ ८२ ०००००१ देखि द ४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने ल्याउने भनिएपनि संकेत नम्बर ढ ८२ ०००००१ देखि द ३१ ८००००० सम्म मात्र प्रचलनमा ल्याइएको थियो ।