२०७८ साल मङ्सिर १३ गते सोमबार

नेप्से ७.९ अंकले बढ्यो

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०३:१६ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सेयर बजारको परिसूचक नेप्से ७.९ अंकले बढेको छ । 

आज परिसूचक २७६५ अंकमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज जम्मा ३ अर्ब ९२ करोडको सेयर कारोबार भयो ।  

बैंकिङ उपसमूह २, ब्यापार १५, होटल तथा पर्यटन १४९, जलविद्युत १०, निर्जीवन बीमा ९९ र अन्य उपसमूह २७ अंकले बढे । विकास बैंक ३४, फाइनान्स २३, उत्पादन २४, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह ७ अंकले घटे ।

कुल ९४ कम्पनीको मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको हो ।