२०७८ साल कार्तिक ७ गते अाईतबार

नेप्से ६८.४७ अंकले बढ्यो

न्युजलय २० असोज २०७८, बुधबार ०४:२० मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) नेप्से ६८.४७ अंकले बढेको छ।

४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सूचकमा हरियाली छाएको छ ।

आज नेप्से कारोबारको समाप्तीमा नेप्से २ हजार ६ सय ८१.११ विन्दुमा पुगेको छ। ९ लघुवित्त, २ वटा फाइनान्स र एउटा विकाश बैंकको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ अर्थात १० प्रतिशतले बढेको छ।

१९ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेप्सेसहित सबै उपसमूहको सूचक पनि बढेको छ। एक दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।