उदयपुर । श्रीमतीको काटिएको टाउकोसहित उदयपुरमा एक पुरुष पक्राउ परेका छन् । रक्ताम्मे अवस्थामा टाउको बोकेर हिँड्दै गरेका अवस्थामा त्रियुगा नगरपालिका ६ जलजलेका ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेका हुन्।
सामान्य विवादमा नै तामाङले श्रीमती २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँडेका थिए । इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
ताप्ली गाउँपालिका ४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका ६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए।