काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई क्षति मूल्यांकन गरेर राहत दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।
१० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, ३ बिघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा कममा खेती गरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको हो। सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठनसमेत गरेको थियो।