२०७८ साल मङ्सिर १३ गते सोमबार

आरती स्ट्रिप्सका कर्मचारीमाथि रड प्रहार, सञ्चालकसहित दुई जना पक्राउ

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०९:५२ मा प्रकाशित
मोरङ । मोरङको बूढीगङ्गामा रहेको आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि कुटपिट भएको छ । आज बुधबार बेलुका आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिङ्घल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् ।

सामान्य विवादका क्रममा सिङ्घलको आदेशमा उनीमाथि रड प्रहार भएको स्रोतले जनाएको छ । रड प्रहारबाट घाइते नेपाललाई हाल उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ ।

सिङ्घल र नेपालबीच आज साँझ विवाद भएको थियो । सामान्य विवादमा नेपालमाथि रड प्रहार भएको हो । स्रोतका अनुसार आरती स्ट्रिप्सका सञ्चालक सिङ्घल र निर्देशक बर्मालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।