विराटनगर आएका हास्य कलाकार हरिवंश अचानक बिरामी, अस्पताल भर्ना

न्युजलय ६ साउन २०८१, आइतबार ०५:२६ मा प्रकाशित

विराटनगर । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अचानक अस्पताल भर्ना भएका छन् । विराटनगर आएका समयमा आइतबार नाकबाट अकस्मात रगत बगेपछि आचार्यलाई उपचारका लागि विराटनगर अस्पतालमा भर्ना गरिएको हो । 


विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । 


अहिले आचार्यको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । आचार्यको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अस्पताल पुगेका छन् ।