काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अवसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
फस्र्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा सस्पेन्स, थ्रीलर, एक्शन तथा सेन्टिमेन्टसको समीश्रण देखिन्छ । ट्रेलरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ ।
फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।
सिजन अर्यालको कथा र लगानीमा बनेको यो फिल्मका निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी छन् ।