इटहरी । इप्लानेट एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हुन लागेको राष्ट्रिय उच्चमावि क्रिकेट च्याम्पियनसिप अन्तर्गतको कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ गतेदेखि इटहरीमा गरिने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको विजेता टोलीले काठमाडौमा हुने प्रतिष्पर्धामा सहभागि हुन पाउनेछन् ।
सात वटै प्रदेशमा हुने प्रतियोगिताबाट छानिएका टोलीहरुले काठमाडौमा हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । छनोट प्रतियोगिता टि १० फम्र्याटमा हुनेछ भने काठमाडौमा हुने प्रतियोगिता टि २० फम्र्याटमा हुनेछ ।
सो विषयमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इप्लानेटका प्रादेशिक प्रमुख सूर्यप्रसाद चाम्लागाईंले प्रतियोगिता नेपाली क्रिकेट संस्कृतिलाई प्रवर्द्धन गर्न र युवाहरुमा खेलकुदमार्फत् सृजनशील र सामुहिक भावनाको विकास गर्नका लागि आयोजना गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपि पौडेलले क्रिकेट गतिविधिमा व्यवशायिक क्षेत्रले सक्रियता देखाउनु सह्रानीय कार्य भएको बताउँदै प्रतियोगिताले खेल क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।