मोरङमा स्रोत नखुलेको साढे ४७ लाखसहित अग्रवाल पक्राउ

न्युजलय २६ मङ्सिर २०८१, बुधबार ०२:५८ मा प्रकाशित

काठमाडौं । मोरङमा स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ दर्वेशाका ६५ वर्षीया ज्योतिदेवी अग्रवाल छन् ।

उनलाई स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँ नगदसहित मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अग्रवाललाई रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।