२०७८ साल माघ ६ गते बिहिबार

धनकुटामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

न्युजलय ३० पुस २०७८, शुक्रबार ११:२६ मा प्रकाशित

काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका–२ नागढुङ्गामा टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको छ ।

शुक्रबार (आज) बिहान टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । सो दुर्घटनामा चालक र परीचालक च्यापिएका थिए ।