आवश्यकताभन्दा बढी कुनै पनि चीज खाँदा स्वास्थ्यमा असर पर्न सक्छ भन्ने हामीले सुनिरहेका हुनसक्छौँ । त्यस्तै अधिक नुनको प्रयोगले पनि असर गर्न सक्छ ।
खानालाई स्वादिष्ट बनाउन नुनको भूमिका महत्वपूर्ण हुन्छ । नुन यस्तो खाद्यपदार्थ हो जुन सही मात्रामा प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ तर नुन प्रयोग कम या अधिक गर्दा यसले हाम्रो स्वास्थ्यमा असर गर्न सक्छ ।
काँचो नुनको प्रयोग मुटु र किड्नीका लागि हानिकारक हुनसक्छ । हेल्थ एक्सपर्टका अनुसार नुनको अधिक प्रयोगले ब्लड प्रेसर, मोटोपन लगायतका समस्या सिर्जना हुन्छ । तर काँचो नुन खाँदा मुटु र किड्नीमा समस्या हुने खतरा बढी हुन्छ ।
पाकेको खानामा नुन छरेर खाँदा कतिपय स्वास्थ्य समस्या पैदा हुने स्वास्थ्यसम्बन्धी जानकारहरु बताउँछन् । काँचो नुनको प्रयोगले शरीरमा प्रेसर पर्छ जसले ब्लड प्रेसरको समस्या पैदा गर्छ ।
जसरी नुनको अधिक प्रयोगले हाम्रो शरिरलाई हानी पुर्याउँन सक्छ ठीक उसै गरी शरीरमा नुनको कमी हुँदा पनि समस्या सिर्जना हुने कयौँ अनुसन्धानहरुले देखाएको छ ।
अमेरिकन हर्ट एशोसिएसन तथा हेल्थ जानकारहरुका अनुसार व्यक्तिले एक दिनमा सानो चम्चाले २ चम्चा मात्रै नुन प्रयोग गर्नु राम्रो हुन्छ । ब्लड प्रेसरको समस्या भएको मानिसले दिनभरमा आधा चम्चा मात्रै नुन प्रयोग गर्नु पर्दछ । क्लिनिकल इन्भेस्टिकेसन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार नुनको अधिक प्रयोगले तिर्खा कम भोक बढी लाग्ने गर्दछ ।