पहेंलो दाँत यसरी चम्काउन अपनाउनुस् यस्तो उपाय

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०७:३७ मा प्रकाशित

काठमाडौं । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । पहेँलो हुन्छन् । हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।

यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् । त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् ।

अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । शुरूमा अलिअलि कस्तोकस्तो लागेपनि सहनुस् । तपाईंलाई झ्याउ लाग्यो भने सामान्य टूथपेस्ट दल्नुस् कोइलामाथि ।

तीनचार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् । अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो ।

महंगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरैगुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईंका दाँत चमचम चम्किन्छन् ।