काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।
पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन् । प्यालिसेड्सको आगो १० हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडतर्फ सरिरहेको छ ।
यसैबीच रातमा हावा तीव्र हुन सक्ने सम्भावना रहेको मौसम विभागले चेतावनी दिएपछि आगो अझ तीव्र हुन सक्ने देखिएको छ ।
क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन् ।