सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय ३ पुस २०८१, बुधबार १२:२० मा प्रकाशित

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

देवानगञ्ज गाउँपालिका ४ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर स्थानीय ३८ वर्षीय राजा मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका छन् ।

करेन्ट लागेर बेहोस भएका राजालाई कोशी अस्पताल विराटनगर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । करणको भने उपचार भइरहेको छ ।

दुवैजनालाई आफ्नै खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।