२०७८ साल मङ्सिर १३ गते सोमबार

नेपालद्वारा कुवेत पराजित

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०३:४८ मा प्रकाशित

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ। नेपालले कुवेतविरुद्ध ९ विकेटको विशाल जित हात पारेको हो।

कुवेते दिएको २८ रनको साममान्य लक्ष्य नेपालले ओभर बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागी ईन्दु बर्मा १३ रन र रुविना क्षत्री १२ रनमा अविजित रहदाँ सितारान मगरले खाता खोल्न सकिनन्। कुवेतकी मारिया जनसबीले १ विकट लिईन्।

यस अघी दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र २७ रन जोड्न सकेको थियो।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन। कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे। करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए।

जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावनालाई कायमै राखेको छ।