झापा । झापामा घरको पर्खालबाट लडेर मंगलबार एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–४ का रनबहादुर बस्नेत आफ्नै नवनिर्मित घरको दोस्रो तलाको पर्खालमा चढी पानी लगाउने क्रममा लडेका थिए ।
गम्भीर घाइते उनलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।