२०७८ साल माघ ६ गते बिहिबार

३ नाल भरुवा बन्दुक सहित लेटाङबाट एक जना पक्राउ

न्युजलय ३० पुस २०७८, शुक्रबार ०७:१३ मा प्रकाशित
मोरङ । मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्र बहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान, गेटिस (गुलेली) १ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।