झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

न्युजलय १६ असोज २०८२, बिहिबार ०६:१४ मा प्रकाशित

झापा । झापामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेव रहेकी छन् ।

बुधवार बिहान वर्षासँगै परेको चट्याङ लाग्दा दिलकुमारी घाइते भएकी थिइन् ।

उनी खेतमा बाख्रा लिन गएका बेला चट्याङ लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।