२०७८ साल मङ्सिर १३ गते सोमबार

खोटाङमा कुकुरले टोकेर एकैदिन १५ जना घाइते

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०७:५० मा प्रकाशित
खोटाङ । खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जनालाई टोकेको हो ।

घाइते मध्ये दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.वैभव मल्लिकले बताए ।

उनका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् ।

कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।