गजुरेलपुत्रले र्‍यापबाट खोले आमा मीनाको पोल (गीतसहित)

न्युजलय १५ कार्तिक २०८०, बुधबार ०३:१० मा प्रकाशित

काठमाडौं । प्रख्यात हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलका छोराले आफ्नी आमाले दिएको तनावबारे र्याप लेखेका छन् । मनोजका छोरा मिराजले आमा मीना ढकाललाई खुलापत्र भन्दै एउटा र्‍याप सार्वजनिक गरेका छन् । यो र्‍याप उनको वास्तविक जीवनमा आधारित छ । आमाबाट सानैदेखि व्यहोरेका सास्ती र हैरानीहरू उनले निकै मार्मिक रूपमा वर्णन गरेका छन् । 

हुन त गजुरेलले ६ वर्षअघि मीनासँग सम्बन्ध विच्छेद गरेर अहिले अर्को विवाह गरिसकेका छन् । तर, पूर्वपत्नी मिनाले अहिले पनि उनलाई विभिन्न तरिकाले हैरानी दिन छोडेकी छैनन् । कहिले टिकटकबाट त कहिले युट्युबरहरु जम्मा गरेर मिनाले पूर्वश्रीमानमाथि अनेकन् आक्षेपहरू लगाउने गर्छिन् । 

मनोज र मिनाको डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने गरी सहमति भएको थियो । मिनाले पूर्वपतिबाट आधा अंशका साथै छोरीको लालनपालन खर्चसमेत लिएकी थिइन् । तर छोरी पनि अहिले आमालाई छोडेर बुवासँगै बसिरहेकी छन् । मिनाले चाहिँ मनोजले षडयन्त्र गरेर छोरा र छोरी दुवैलाई आफूबाट टाढा गरेको आरोप लगाउँदै आएकी छन् ।

मिराजको र्यापले उनीहरुले पाएको यातना व्याख्या गरेको छ -