विराटनगर । फिदिम नगरपालिका –२ साम्दिन घुम्तीमा मंगलबार भएको आगलागीमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ ।
घाइते घरधनी ६२ वर्षीय जयप्रकाश राईको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पाँचथर प्रहरीले जानकारी दिएको छ । श्रीमती दिलकुमारीसहित उनको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा भइरहेको थियो ।
मंगलबार नै झापा रेफर गरिएका राईलाई नेपाली सेनाको एयर लिफ्टिङ मार्फत काठमाडौं लगिए पनि बचाउन नसकिएको हो ।
आगलागीमा राईको घर र पसलमा पूर्णरुपमा क्षति भएको छ । नजिकका दुई घरमा पनि क्षति पुगेको छ ।