लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युजलय ११ जेठ २०७९, बुधबार ०९:३७ मा प्रकाशित

काठमाडौं । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा तर्फको चौथो तहका प्राविधिक पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ । 

 

आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्तिका लागि बुधवार विज्ञापन खुलाएको हो । 

 

आयोगले कुल २६६ पदमा दरखास्तका लागि आवेदन माग गरेको हो । परीक्षाका लागि इच्छुकले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।