थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

न्युजलय ३२ असोज २०७८, सोमबार ०५:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।