दार्चुलामा भूकम्पको धक्का

न्युजलय १० पुस २०८१, बुधबार ०६:५४ मा प्रकाशित

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । 

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।