२०७८ साल माघ ६ गते बिहिबार

मिक्लाजुङमा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौंको क्षति

न्युजलय ३० पुस २०७८, शुक्रबार ०८:३७ मा प्रकाशित
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिस्थित मुढे गाउँमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

स्थानीय प्रकाश साम्पाङको घरमा बिहान आगलागी हुँदा घरभित्रका नगद, जिन्सी, लत्ताकपडा र अन्न लगायत धनमाल जल्दा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

साथै जिन्सीसँगै एउटा गोठसमेत जलेको छ । तर आगो के कारणले लागेको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।